चर्चित रियालिटी सो "कमेडी च्याम्पियन" सिजन २ को प्रिमियर बिहीबार आयोजना भएको छ । सो २ साता अगाडी बाट नै सुरु भएको थियो l तसर्थ सो सुरु भएनी निर्माण टिमले रियालिटी सो को प्रीमिएर हिजो गरेका थिए l हिजो बेलुका बाट कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको कमेडी च्याम्पियनको प्रिमियरमा अडिसनबाट उत्कृष्ट २४ मा पर्न सफल प्रतिस्पर्धीहरू पनि सहभागी थिए । यस्तै, उत्कृष्ट २४ मा परेका प्रतिस्पर्धीमध्येबाट ४ जनाको प्रस्तुति पनि दर्शकले हेर्न पाउनेछन् । शोको निर्णायकमा मनोज गजुरेल रिचा शर्मा ,प्रदीप भट्टराई र सन्तोष पन्त रहेका छन् l हिजो प्रसारण भएको शोमा विक्की अग्रवाल, कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालको प्रस्तुति रहेको थियो l
विशाल भण्डारीले निर्देशन गरेको यो शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे छन् । यो सो हरेक शुक्रवार र शनिवार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । गतबर्षबाट सुरु भएको रियालिटी सोले दर्शकको अत्याधिक माया पाएको थियो । यसैले पनि यसबर्ष दर्शकको मायालाई बचाइराख्न निकै सिजन २ लाई निर्माण टीमले दर्शक माझ लेराएका हुन् l