नायिका श्रद्धा क्षेत्री र नायक पुष्प खडका अभिनीत चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपक ओलीको निर्देशन रहेको यस चलचित्र चैत्रको २७ गतेबाट प्रदर्शनमा आउँदै छ l कृष्ण र लीलाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको चलचित्रको ट्रेलरमा रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतलाई देख्न सकिन्छ ।
आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा लक्ष्मण सुवेदीको लेखन रहेको छ l प्रकाशराज कार्की र केबल तामाङको लगानी रहेको ‘कृष्ण लीला’ मा पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुप्मा छन् । चलचित्र लाई शिव ढकालले खिचेका हुन् l