काठमान्डौ एक कार्यक्रममा नयाँ टेलिभिजन कान्तिपुर नेटवर्क अन्तर्गत ‘कान्तिपुर सिनेप्लेक्स’को  सुरुवात गरिएको छ l टेलिभिजनको शुभारम्भ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गरेका हुन् l कोरोना महामारी लकडाउन बिच कान्तिपुर सिनेप्लेक्सको जन्म भएको अध्यक्ष कैलाश सिरोहियाले बताएका हुन् lनेपाली चलचित्रको विकास र विस्तारको लागि सिनेप्लेक्स टिभीले नयाँ खालको भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा नेपाली चलचित्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो l हाँस्य कलाकार हरिवंश आचार्य, नायक राजेश हमाल ,सुनिल थापा, दीपकराज गिरी, केदार घिमिरे, नायिका निरुता सिंह, गौरी मल्ल, पूजा शर्मा, रेजिना उप्रेती,  लगायत सँगै संगीतकार शम्भुजित बास्कोटा कार्यक्रममा सहभागी थिए l