आउँदो होली पर्वलाई छेको पार्दै निर्देशक तथा कलाकार दिपाश्री निरौलाले गीत "धनीयाका होली" सार्वजनिक गरेकी छिन् l आफ्नै आवाज र निर्देशनमा बनाइएको उक्त गीतको शब्द दीप नारायण राजवंशीले कोरेका हुन् l आवाजमा दीपालाई सुमित खड्काले साथ दिएका छन् l गीतको लय सिर्जना नीरज श्रेष्ठको रहेको छ l विपिन मल्लको सम्पादन ,कपिल पराजुलीको कलरिङ्ग र हरि हुमागाईँको  छायाङ्कन गीतमा समावेश छ l    भिडियोमा दीपक राज गिरी , दीपा श्री निरौला ,रबी डङ्गोल लगायत कलाकारहरूको अभिनय रहेको छ l