अभिनेत्री तथा मोडेल आँचल शर्माको विवहाँ भएको एक वर्ष बितिसक्यो l डा. उद्दीप श्रेष्ठ सँग विवहाँ गरेकी अभिनेत्री आँचलको सम्बन्ध राम्रै सँग चली रहेको छ l सम्बन्धको प्रश्न आउँदा आँचल खुसी साथ मिडियामा भन्छीन एक आपसमा समझदारी l जुन समझदारीले यी दुईको सम्बन्ध बलियो बनिरहेको छ l केही समय अघि आँचलले एक म्युजिक भिडियोमा काम गरिन् l जसको बोल रहेको छ "ब्रेकप गरौला" l यो गीत चैत्र १२ गते सार्वजनिक हुँदै छ । आँचल र सागरको साथमा पुष्प खड्का र वर्षा राउतले पनि भिडियोमा अभिनय गरेका छन् l  सरोज ओलीको निर्देशन रहेको म्युजिक भिडियोमा आँचल सागर लम्साल यानिकी "बले" सँग देखिँदै छिन् l  एक आपसमा समझदारी नहुँदा सम्बन्धमा आउने चिसोपनालाई उक्त गीतमा उठान गरिएको छ l  

गीतकै टाइटल अनुसार आँचल सँग प्रेममा ब्रेकअप किन हुन्छ ? भने प्रश्नमा ‘झगडा पर्ने भनेको नै आफूसँग नजिक भएको वा माया गर्ने मानिससँग नै हो । नचिनेको मानिससँग झगडा पर्दैन । जब, एक अर्काको बानी थाहा हुन्छ र त्यसलाई औल्याउन थालिन्छ यसपछि झगडा पर्छ । यस्तो अवस्थामा दुई जना झगडा गरेर बस्नु भन्दा पनि आ–आफ्नो बाटो लाग्दा राम्रो हुन्छ ।’‘हामीले पर्दामा देखेको मानिस वास्तविक जीवनमा पनि त्यस्तै हुन्छ भन्ने छैन । जब, नजिक भइन्छ अनि धेरै कुराहरू थाहा हुन्छ । यसपछि आउने असमझदारीले ब्रेकअप हुन्छ ।’आँचलले पर्दामा देखेको मानिसलाई उसको हिरोइज्म हेरेर मन पराइएको छ भने वास्तविक जीवनमा त्यो नहुन पनि सक्नुका साथै  आफूलाई ब्रेकअपछिको मनोदशाको विषयमा अनुभव नभएको भन्दै आँचलले ब्रेकअपको मुख्य कारण एक अर्काको बानी धेरै थाहा हुनु र यसपछि उत्पन्न हुने असमझदारी भनेर उनको उत्तर रहेको थियो l