एक्स-डिक्याम मोसन पिक्चर्सको प्रस्तुतिमा गायक नवीन कटुवाल र अल्बिन मगरको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l ‘एकैछिन हाँसि देऊ’ बोल रहेको गीतको रचना र लय सिर्जना गायक अल्बिनले गरेका छन् l अल्मोडा रानाले गीतको एरेञ्ज गरेका छन् । भिडियोलाई सुमन सिङ्गधन लामाले निर्देशन गरेका छन् भने भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन l शिलन लम्सालको सम्पादन र कलरीङमा भिडियोलाई तयार पारीको छ l मगर पुन म्युजिक प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा एलिशा शर्मा र सागर परियारलाई देख्न सकिन्छ ।