भोमन कटुवालको निर्देशन रहने चलचित्र "ए"  २०७८ सालको तिहारमा प्रदर्शन हुने भएको छ l  निर्देशक भोमन कटुवाल र आकाश उखेडाको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन काठमान्डौं, बनेपा र साँगा आसपास गरीएको छ l अभिनेता प्रमोद अग्रहरी, प्रवीण खतिवडा, सोहित मानन्धर, छोल्टिम गुरुङ, रिस्ता बस्नेत लगायत कलाकारहरूको अभिनय रहेको "ए"  सस्पेन्स् थ्रिलरमा निर्माण भएको छ भने   चलचित्र वितरणको जिम्मा 'जिजिए ग्रुप'ले लिएको छ l मोहनकुमार झिल्लुको छायााकंन,  अनिलकुमार महर्जनको सम्पादन रहने यस चलचित्रमा लगानी प्रह्लाद  काफ्लेको रहेको छ । तिहारमा चलचित्रलाई प्रदर्शन ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने  वितरक करण श्रेष्ठले बताएका छन्