नेपालकै नम्बर १ गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रवारदेखि हिमालय टेलिभिजनमा प्रसारण भइसकेको छ । शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट प्रसारण भएको यस सोले यती बेला ट्रेन्डिङको पहिलो र दोश्रो स्थान ओगटेको छ l सिजनको पहिलो भागबाट नै सोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । एपिसोड वानले पहिलो स्थान र एपिसोड २ दोश्रो स्थानमा परेको हो l पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका छन् ।जस्मा मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् । दोश्रोमा सम्राट् राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिल थापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् l हालसम्म पहिलो भागलाई युट्युबमा २० लाख भन्दा बढीले हेरिसकेका छन् । साथै दोश्रो एपिसोडलाइ १० लाख माथि दर्शकले हेरिसकेका छन् l यस पटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाउँमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरूले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गरेका थिए । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरेका छन् l