गायक छवि न्यौपाने र मेलिना राईको आवाजमा समावेश गीत "यो जुनीमा तिम्रो" सार्वजनिक भएको छ l किशोर सिवाकोटीको शब्द र संगीत गीतमा रहेको छ l निकेश श्रेष्ठले भिडियो निर्देशन गरेका हुन् l बुद्ध थापाले खिचेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका छन् l गीतमा संगीत संयोजन अमूल कार्की ढालीको रहेको छ l वर्षा राउत र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोलाई एन पी म्युजिक हबको अफिसीयल युट्युब च्यानल बाट रिलिज गरिएको हो l