अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले  टेलिभिजनमा नयाँ कार्यक्रम लिएर आउने भएका छन् l कार्यक्रमको नाम छ ‘द हरिहर अधिकारी सो’   केही समय अघि टेलिभिजनमा मार्गदर्शन कार्यक्रम चलाएका अधिकारीले सो कार्यक्रम बन्द भए पस्चात कुनै पनि कार्यक्रम चलाएका थिएन् l नेपाली सेलिब्रेटीहरुको वर्तमान र भविष्यको चर्चा गर्न उनले उक्त सो लेराउन लागेका हुन् l कार्यक्रमलाई अभिनेत्री निता ढुंगानाले निर्देशन गर्दै छिन् lउनको निर्देशनमा यो शोको केही भागको छायांकन भइसकेको छ ।  जसमा रेखा थापा, कोमल ओली र निता स्वयं अतिथिको रूपमा उपस्थित भएका छन् ।  केही वर्ष यता हरिहर अधिकारीको प्रेममा रहेकी निता हरिहरकै कारण धर्म कर्ममा लागेकी थिइन lखुलेर प्रेम सम्बन्ध स्वीकार गर्न असहज मानिरहेका उनीहरूबिच अब व्यावसायिक सहकार्य पनि हुन थालेको छ । अब चाँडै उनी आफ्नै निर्देशनमा ‘श्रीमद्भागवत गीता’ वेब सिरिज निर्माण गर्दै छिन् ।