नायक पल शाह र नायिका पूजा शर्मा अभिनीत गीत 'डल्ली रेसम ' युट्युबमा सार्वजनिक भएको छ l  प्रताप दास र मेलिना राईको भोकलमा तयार गरिएको गीतको शब्द डिपी खनालले कोरेका हुन् l नवीन कार्कीको लय सिर्जना र विशाल निरौलाको संगीत संयोजन गीतमा रहेको छ l भिडियोलाई विकास धमलाले कलरिङ् र सम्पादन गरेका छन् l निकेश खडकाको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l भिडियोलाई एस् थ्री के एन्टरटेन्मेन्ट बाट रिलिज गरिएको छ l