फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने चलचित्र "जार" को छायांकन भोलि बाट हुँदै छ l चलचित्रको मुख्य भूमिका सौगात मल्ल र अनुप विक्रम शाही रहेका छन् l नायिका तर्फ निर्माण टिमले बलिउड अभिनेत्री गीताञ्जली थापालाई अनुबन्धित गराइसकेका छन् lपहिलो पटक नेपाली चलचित्रमा डेव्यु गर्न लागेकी थापाले यस्अघी बाइस्कोपवाला, स्टे डल्स, लायर्स डिक लगायत भारतीय चलचित्रमा काम गरी सकेकी छिन् l चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गर्दै छन् l सिक्किमलाई छायांकन स्थल तोकिएको चलचित्रको लागी यती बेला चलचित्रका कलाकार सौगात र अनुप सिक्किम गइसकेका छन् l सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेर बन्न लागेको चलचित्रमा अधिकांश कलाकार भारतीय नै रहने छन् l