केही समय अघि कास्टिङ कलको लागी अडिसन गरिएको नयाँ चलचित्र ‘प्रेमगञ्ज’को मुख्य कलाकार फाइनल भएको छन् l स्पोट ब्वाई राजु फुयाँल प्रस्तुतकर्ता रहेको चलचित्रमा निर्माण टिमले अडिसन मार्फत कलाकार छनोट गरेको हो । ‘प्रेमगञ्ज’मा राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बाल कलाकार आयुषी ढकाल अनुबन्धित भएका हुन् । कलाकारले चलचित्रमा साइन पनि गरी सकेका छन् l चलचित्रमा परिच्छेन सेनको लेखन तथा निर्देशन रहने छ lचैतको २५ गतेबाट फ्लोरमा जाने चलचित्रको छायाङ्कन स्थल काभ्रे, जिरी र काठमाडौँमा तोकिएको छ l