केन्द्र मोसन्सको प्रस्तुति रहेको म्युजिक भिडियो "फुल बुट्टे सारी" र" टाढा भए" पनि मा अभिनेता पल शाह र मलिका महतले अभिनय गरेका थिए l जुन म्युजिक भिडियो छोटो समयमै करोडौँ भ्युज पाउने गीत बनेको थियो l यी दुवै गीतले दर्शकको उल्लेख्य साथ पाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए । दर्शकको नजरमा यी जोडी परेनै एकाएक यी दुई जोडी लाई अन्य जोडी सँग एक अर्काको जोडीमा अत्यन्तै मनपराए l समय अनुसार यी दुईको माग बढे सँगै केन्द्रमोसन्सले अब यी दुईलाई सम्झौतामा बाधेको छ l६ महिनामा १० वटा भिडियो बनाउने गरी पल र मलिकासँग संझौता गरेको हो । बुझिए अनुसार यी दुईले केन्द्र मोसन्स बाहेक अन्य कम्पनीको म्युजिक भिडियोमा छ महिना सम्म  जोडी बाधीएर काम गर्न पाउने छैनन् l नेपाली गीतसङ्गीतमा छोटो समयमा करोड पटक हेरिने गीत टाढा भए पनि’ले युट्युबमा रेकर्ड राख्न सफल भएको हो । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा सङ्गीत रहेको गीतले रिलिज भएको १५ औँ दिनमै एक करोड भ्युज पाउन सफल भएको थियो । यी गीत सँगै अर्को गीत "फुल बुट्टे सारी" ले पनि रिलिज भएको १८ दिनमा १ करोड भ्युज पाएको थियो ।