गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश नयाँ गीत सार्वजनिक भएको छ । गीतको बोल रहेको छ ‘के यस्तो माया बस्यो नि’ l हरि लम्सालको शब्द तथा लय सिर्जना गीतमा छ । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको खिचेका हुन् l भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । नायक नाजिर हुसेन र मोडल सुरविना कार्कीको अभिनय रहेको यस गीतमा एउटै गाउँका युवा–युवतिको प्रेमलाई देखाइएको छ l