चैत्र २७ गते चलचित्र लप्पन छप्पन प्रदर्शनमा आउँदै छ l यो चलचित्रले दर्शकको कती साथ पाउँछ त्यो त थाहा छैन l तर यसै चलचित्रका निर्देशक मुकुन्द भट्ट भने नयाँ चलचित्र निर्माण गर्न अघि सरेका छन् l दर्शकको नजरमा हाई हाई भएका चार कलाकारलाई लिएर चलचित्र निर्माण गर्न लागेको हल्ला सिने क्षेत्रमा चल्न थालेको छ l जसमा नायक पुष्प खड्का , अनमोल केसी , निश्चल बस्नेत र सौगात मल्ल रहने छन् l एक्सन जनरामा निर्माण हुन लागेको यस चलचित्रमा नायक पुष्प खडका अनुबन्धित भइसकेका छन्न भने सौगात र निश्चलसँग उनको मौखिक सहमति नै भइसकेको स्रोत बताउँछ । भने उक्त चलचित्रको लागी भने अनमोलले जवाफ दीसकेका छैनन् lचलचित्रका लागि उनले ६ महिना एक्सन तालिम लिँदै छन् । चलचित्र बन्छ या बन्दैन त्यो त थाहा छैन तर मल्टी स्टारलाई लिएर चलचित्र हिट खान्छ भनेर सोच्नु चाही चलचित्र क्षेत्रको लागी सरासर भ्रम हो l