अभिनेत्री तथा मोडेल एलिजा गौतमको आज जन्मदिन परेको छ l २७ वर्ष पार् गरी २८ मा टेकेकी एलिजाले चलचित्र 'अनुराग’बाट फिल्मी यात्रा सुरु गरेकी हुन् l वरिष्ठ पत्रकार ऋषि धमलाको पत्नी एलिजा १ छोरा र १ छोरीकी आमा समेत हुन। साथै उनले बिहानै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस समेत राखेकी छिन। उनको फेसबुक स्ट्याटस यस्तो छ “म यो धर्तीमा पाइला टेकेको दिन आज अर्थात् आज मेरो जन्म दिन मलाइ जन्म दिने मेरो भगवान् मेरो आमा बुबा सधैँ शिरमा राख्दछु .. हजुर हरू ले कति दुख सघर्ष गरेर मलाई हुर्काउनु भो , सधैँ तपाईँहरूकै हौसलाले उचाइमा पुग्न सकूँ !जति पनि साथीहरूले फेसबुकमा हिजै देखि जन्म दिनको शुभकामना दिनु भयो सबै सबैमा हार्दिक धन्यवाद छ सबैको माया यसै गरी पाई राखूँ l शुभचिन्तकहरूले उनको उक्त स्ट्याटसको कमेन्टमा जन्मदिनको शुभकामना समेत दिएका छन्। अभिनय बाट सिने यात्रा सुरु गरेकी एलिजालाई चलचित्र खासै फापेको छैन l तर , म्युजिक भिडियोमा भने उनको राम्रो माग रहेको छ l अभिनय सँगै सामाजिक सेवामा समेत उतिकै सक्रिय रहेकी एलिजाले केही महिना अघि एलिजा फाउन्डेसन स्थापना गरी धादिङ जिल्लामा ७७ वटा घरहरू निर्माण गर्ने घोषणा गरेकी थिइन l जन्मदिनको अवसर पारेर यस कार्यको थालनी गर्ने वाचा गरेकी उनले धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरूको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरू निर्माण गर्ने लागेकी हुन् l