आगामी चलचित्र ‘लाल सिंह चड्डा’को सुटिङमा ब्यस्त रहेका बलिउड अभिनेता आमिर खानलाई कोरोना पोजेटिभ देखिएको छ। आमिरलाई कोरोना पोजेटिभ भएको खबर भारतीय सञ्चारले उल्लेख गरेको छ l आफूलाई कोरोना संक्रमण भएपछि उनले आफ्ना स्टाफलाई कोरोना टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । कोरोना संक्रमणपछि उनी क्वारेनटाइनमा बसेका उनका प्रवक्ताले बताएका छन् ।  उनले भनेका छन्, ‘ आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेनटाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन् । बलिउडमा पछिल्लो समय रणवीर कपूर, कार्तिक आर्यन, सञ्जय लीला भन्साली, मनोज बाजपेयी, लगायत सेलिब्रेटीहरुलाई  कोरोना संक्रमण भइसकेको छ ।