वरहथवा नगरपालिकाले सर्लाहीमा आयोजना भएको कार्यक्रम ‘सर्लाही स्वर्णिम सम्मान २०७७’मा  कलाकार , पत्रकार तथा खेलाडीलाई सम्मान गरेको छ । नवीन गिरी र नवीन यादवले कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रममा निखिल उप्रेती,निर्देशक प्रदीप भट्टराई, सम्झना उप्रेती रौनियार,  गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टिका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिव शंकर रिजाल, कविता नेपाली, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली लगायतलाई सम्मान गरीको थियो l आगामी वर्ष देखी निरन्तर आयोजना गरीने संयोजक नवीन गिरीले जानकारी दिएका छन् ।