निर्देशक तथा कलाकार निश्चल बस्नेतले आगामी चलचित्र "जिन्दावाद" निर्माण गर्ने घोषणा गरी सकेका छन् l आफ्नो जन्मदिनको अवसर पारेर घोषणा गरेको जिन्दावाद लाई राम्रो गर्न उनी यती बेला लोकेसन हन्टको लागी जुम्ला पुगेका छन् l उक्त खबर उनी आफैँले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l “चार पाँच दिन भयो लोकेसन खोज्न जुम्ला पुगेको । केही सिन मुगुमा पनि भएकाले रारा ताल जान आज बाटोमा छौँ,” निश्चलले भने । चलचित्र ‘जिन्दाबाद’मा सौगात मल्ल र दयाहाङ राई फाइनल भइसकेका छन् ।  यो चलचित्रलाई उनी आफैँ निर्देशन गर्दै छन् l बुद्दिसागरको कथा रहेको चलचित्रमा मुख्य भूमिकाको लागे निश्चलले सौगात मल्ल र दयाहाङ राईलाई लक्क भइसकेका छन् ‘लुट–२’ पछि निश्चलले चलचित्र निर्देशन गरेका छैनन् l "लुट" पछि निश्चलको निर्देशन रहेको फ्रेस चलचित्र नै जिन्दावाद हुने छ l  हाल सम्म चलचित्र अभिनेत्री को हुन्छिन् भने कुरा चाही निर्देशक निश्चलले खुलाएका छैनन् l वैशाख अथवा जेठलाई चलचित्र फ्लोरमा लाने निश्चलको तयारी रहेको छ l