चलचित्र "लप्पन छपप्न  २" को रिलिज मिती पोस्टपोन्ड गरिएको छ  निर्माण टिमले पछिल्लो समय कोरोनाका हल्ला निक्लिन थाले पछि निर्माण टिमले चलचित्रलाई अनिश्चित कालको लागी रोकेको हो l स्वास्थ्य मन्त्रालयले कोभिडको सूचना निकाले पछि चलचित्रलाई केही समयको लागी रोकेको निर्देशक भट्टले बताएका छन् l यस अघि पनि चलचित्रको रिलिज मिति २ पटक सारिएको थियो l एक्सन जनरामा निर्माण गरिएको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । स्वदेश सँगै विदेशमा छायाङ्कन गरिएको चलचित्र गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको हो l ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्  । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री लगायत कलाकारको अभिनय रहेको चलचित्रमा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माताको रूपमा रहेका छन् l भने चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् l