बलिउड अभिनेता सलमान खानले कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन् । अभिनेता खानले कोरोनाविरुद्धको खोप लगाएको खबर आफ्नो सामाजिक सन्जाल मार्फत व्यक्त गरेका हुन् l उनले ट्विटरमा लेखेका छन्, “आज भ्याक्सिनको पहिलो डोज लगाएँ ।” सलमानको यो ट्विटसँगै उनी ट्रोलको सिकार भएका छन् । उक्त कुरालाई लिएर आम् दर्शकले सामाजिक सञ्जालमा सलमानको प्रशंसा सँगै मजाक उडाएका छन् l ट्विटर प्रयोगकर्ताहरुले उनलाई ‘बूढो’को संज्ञा दिएका छन् । ट्रोलको सिकार बनेका सलमानको यस खबर भारतीय संचार नवभारत टाइम्समा उल्लेख छ l