भाद्र १८ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र "ए मेरो हजुर ४" शीर्ष गीतको छायाङ्कन सकिएको छ l करिब १० दीन लगाएर गरिएको उक्त गीतको छायाङ्कन सकाएर निर्माण टिम आज काठमान्डौ फर्किएका छन् l डोल्पाको शे–फोक्सुन्डो तालमा सुट गरिएको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् l भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अब, चलचित्रको १० दिनको छायांकन बाँकी छ । काठमाडौँ र पोखरामा चलचित्रको छायांकन गरेपछि काम सकिने निर्माण पक्षले जानकारी गरेका छन्।
यो चलचित्रले प्रेमकथालाई नै उठान गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा रुचाइएका अनमोल र सुहाना चौथो सिरिजलाई लिएर दर्शक पनि उत्साहित छन् । सुनिलकुमार थापाको लगानीमा बनेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत छ ।