निर्देशक शोभित बस्नेतले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् l  ‘डाँडाको वरपीपल’ चलचित्रको नाम राखेका शोभितले चलचित्रको बिहीबार राजधानीमा शुभ मुहूर्त गरेका हुन् ।  बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण रहने चलचित्रको छायाङ्कन स्थल काठमाडौँ, कालाबाङ, पूर्व र से फोक्सुन्डोलाई तय गरिएको छ । शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहराजको चलचित्रमा अभिनय रहनेछ । भने, चलचित्रको मुख्य भूमिका रहने तीन अभिनेत्री र एक अभिनेता केही दिनमा फाइनल गरिने निर्माणपक्षले बताएका छन् l चलचित्रको कथा रामकाजी घिमिरेको रहेको छ l ७५ दिनको छायांकन सेड्युल रहेको ‘डाँडाको वरपीपल’मा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन समावेश गरिएको छ l