लामो समयको लकडाउनपछि चलमलाउँदै गरेको बलिउडलाई कोरोनाको दोश्रो लहरले ठुलो असर गर्ने देखिएको छ । पहिलो चरणको कोरोनाको प्रभाव कम हुँदै गएपछि बलिउडका ठुला ब्यानरले चलचित्रको प्रदर्शन मिति तय गरेका थिए । तर, अब ती चलचित्रको प्रदर्शन मिति स्थगित गर्न थालिएको छ । बलिउड अभिनेता सैफ अलि खान र रानी मुखर्जीको चलचित्र ‘बन्टी और बबली २’ को रिलिज डेट पनि पोस्टपोन्ड गरिएको छ । यस अघि अप्रिल २३ मा रिलिज हुने भनिएको चलचित्र कोरोनाको दोश्रो लहरको त्रास पस्चात अब सोही मितिमा रिलिज नहुने भएको हो  l यशराज ब्यानरको निर्माण रहेको चलचित्रमा सैफ अलि खान रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र नव कलाकार शारवरीको मुख्य भूमिका रहेको छ l