सामाजिक सन्जाल मध्येमा पनि फेसबुक हिजोआज धेरै माझ चर्चित र पपुलर बन्दै गइरहेको छ । करोडौँको संख्यामा प्रयोगकर्ताहरू रहेको फेसबुकका थुप्रै फाइदा छन् । फेसबुकमा कयौँ व्यक्तिगत र संस्थागत डाटाहरू समेत राख्ने गरिएको छ । जुन डाटाहरू फेसबुक एकाउन्ट ह्याकसँगै ह्याकरहरूले चोर्न सक्छन् । फेसबुकले आफ्ना सदस्यहरू यस्ता समस्यामा नपरून् भनेर थुप्रै टुल्सहरु दिएको छ । तर पनि दैनिक जसो थुप्रै मानिसहरूका फेसबुक ह्याक भएका घटना सुन्नमा आइरहेका छन् । कयौपटक त फेसबुक एकाउन्ट ह्याक गरेर डाटा चोरेर लगिसक्दा पनि युजरले पत्तोसम्म पाउँदैनन् । प्राय फेस्बूक ह्याक हुनेमा अनुहार चलेका सेलेब्रेटी देखी पपुल्यारीटी भएका व्यक्तिहरू पर्ने गरेका छन् l यसैको सिकार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनाल परेका छन् l फेस्बूक ह्याक गरेर चलचित्रकर्मीहरू सँग पैसा मागेको भन्दै उक्त खबर कलाकार दीपक राज गिरीले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l दीपकले दीपाजी को फेसबुक ह्याक भएको छ, सरोज खनाल दाइको पनि फेसबुक ह्याक भएको छ , ह्याकर ले चलचित्रकर्मी को फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ l अत :सजक हुनुहोला!!! फेस्बूकमा स्ट्याटस लेखेका छन् l यस अघि पनि नेपालका केही कलाकारहरू फेस्बूक ह्याक हुने फन्दामा परी सकेका छन् l केही समय अघि गायक शिव परियारको पनि फेस्बूक ह्याक भएको थियो l