समीक्षा अधिकारी र किरण भुजेलको आवाजमा समावेश गीत "ब्रेकप"( माया गरौला २) सार्वजनिक भएको छ l तिलक प्रताप चन्दको शब्द रहेको गीतमा संगीत कृष्ण भार्द्वाजले भरेका छन् l जीवन बाडुले गीतको संगीत संयोजन गरेका छन् l सरोज ओलीले निर्देशन गरेको यस भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् lभिडियोमा सागर लम्साल'बले' आँचल शर्मा, वर्षा राउत र पुष्प खडका फिचर्ड छन् l विक्रम स्वारको कन्सेप्ट र कोरीयोग्राफी भिडियोमा समावेश छ l भिडियोको सम्पादन शुबर्न दुलालको रहेको छ l भने भिडियो कलरिङ् रेनिश फागोको रहेको छ l