चलचित्र बिहे पास आज बाट छायांकनमा गएको छ l विराटनगरको एक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो l सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्दै छन् । चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रवेशले यसअघि चलचित्र ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण रहने चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखेका हुन् l सामाजिक विषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ ।