चिकित्सा शिक्षामा सुधारका लागी ११ औँ पटक अनसन बसेका डा.गोविन्द केसी अनसन बसेको आज २१ दिन पुगिसकेको छ ।
अनसनमा बसेका केसी.को समर्थनमा शनिवार राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभा गरिएको थियो ।
य्ुवाहरु ठुलो जमातमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रदर्शनलाई समर्थन गर्नेलाई निर्देशक निश्चल बस्नेत, अभिनेता दयाहाङ राई, विजय बराल, असिफ शाह, निर्देशक प्रदिप भट्टराई, लेखक सुविन भट्टराई लगायतका व्यक्तिव्वहरु प्लेट कार्ड सहित समर्थन गर्ने पुगेका थिए ।