पछिल्लो समय फिल्म निर्माण तर्फ हातहाल्नेको राम्रै घुइँचो लागेको छ l कलाकार हुन् वा म्युजिक भिडियो निर्देशक जो कोही पनि फिल्म निर्माण तर्फ हात हालिरहेका छन् l ट्रेन्डको रूपमा चलिरहेको छ फिल्म निर्माण l फिल्म राम्रो होसकी नहोस् ट्याग भने जसरी पनि चाहिएको छ यी रङगीन दुनियाँमा काम गर्नेहरूलाई l हुँदा हुँदा अब म्युजिक निर्देशन गर्नेहरूलाई पनि सानो पर्दामा मात्र स्थापित हुन मन लागेको छैन l जसरी हुन्छ ठुलो पर्दामा आफ्नो नाम देखिन पर्यो l प्रसँग रह्यो गायक तथा म्युजिक भिडियो निर्देशक सरोज ओलीकै l सरोजलाई म्युजिक भिडियो देखी दिक्क लागे छ l अब, उनी ठुलो पर्दामा पनि आफूलाई स्थापित गर्ने तयारी गरी रहेका छन् l उनलाई पनि अब फिल्म बनाउन मन लाग्यो र निर्माताको ट्याग टाँस्न मनलागे छ l ‘माछीले खाने’ गीत मार्फत चिनिएका ओलीले दर्जनौँ म्युजिक भिडियोको निर्देशन पनि गरेका छन् । शुक्रवार फेसबुकमार्फत आफ्नै प्रोडक्सन हाउस शुभ मिडियाको ब्यानरमा फिल्म निर्माण गर्ने ओलीले जानकारी गराएका हुन् l यसै हप्ता कानुनी प्रक्रिया पूरा गरेर अर्को हप्ता कलाकारसहित फिल्मको औपचारिक घोषणा गरिने र उक्त फिल्मको मुख्य भूमिकामा पललाइ राख्ने समेत बुझिएको छ l फिल्मलाई विक्रम स्वारले निर्देशन गर्दै छन् l हाल् फिल्मको स्क्रिप्टमा काम भइरहेको छ l भने, फिल्म ६ महिनापछि छायांकनमा जाने स्रोतले बताएका छन् ।