पुष्प खड्का र एलिसा राई फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l "जादु" बोलको गीतमा गायक राजेश पायल राई र मेलिना राईको आवाज रहेको छ l महेश्वर शर्मा शब्द,आनन्द राई को लय सिर्जना र महाराज थापाको संगीत संयोजन गीतमा रहेको छ l भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् l युवराज वाइबाको निर्देशन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् l भिडियोलाई ओ .एस्. आरको युट्युब च्यानल बाट रिलिज गरिएको छ l