चलचित्र "चिसो मान्छे"को छायाङ्कन समापन भएको छ l निर्देशक दीपेन्द्र खनालले चलचित्रको इन्डक्ल्याप भएको खबर आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुसालको संगीत रहने यो चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिएको छ ।यो चलचित्रले समाजका चिसो मानिसहरूको कथा यस चलचित्रमा चित्रण गरिएको छ lचलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले बताएको छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।