चलचित्र "लाइफ इन एलय"निर्माण हुने भएको छ l बाश इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रलाई सूर्य एन श्रेष्ठको निर्देशन गर्ने छन् l विदेशमा रहेका नेपालीहरूको कथालाई उठान गर्ने यस चलचित्रलाई स्वदेश सँगै विदेशमा छायाङ्कन गरीने छ l जेन्द्र ठकुराठी निर्माता रहेको "लाइफ इन एलय"मा कार्यकारी निर्माता संसार ए सुवेदी हुन् ।श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रतीक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीण खत्रीले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्दै छन् । सुदीप बरालको छायांकन चलचित्रमा समावेश रहने छ । अकेशा विष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल लगायतको चलचित्रमा अभिनय रहने छ l