गतबर्षको चैत्र ११ गतेबाट सुरु भएको लकडाउन साउनसम्म जारी रह्यो । साउनपछि लकडाउन हटेपनि कोरोना त्रास भने कम भएको थिएन । नेपाल सरकारले कोरोना खोप अभियान सुरु गरेपछि मानिसहरूको चहलपहल पुरानै अवस्थामा फर्किरहेको थियो । तर, विश्वमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएको छ । यो लहरको असर नेपालमा पनि देखिन थालेको छ ।कोरोनाको लहर फेरि सुरु भएपछि १० महिनासम्म ठप्प रहेको चलचित्र क्षेत्रलाई असर पर्ने संकेत देखिएको छ । १० महिनापछि बिस्तारै चलमलाउन थालेको चलचित्र क्षेत्र फेरि प्रभावित हुने संकेत देखिन थालेको हो । चैत्र २७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र "मन सँग मन" को प्रदर्शन मिति अनिश्चितकालका लागि पोष्टपोन्ड गरिएको छ । कोरोनाको लहर बढेको र स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न अनुरोध गरिसकेका कारणले चलचित्र पोष्टपोन्ड गरिएको हो l पोस्ट्पोण्ड भएको खबर निर्माण पक्षले बताए सँगै चलचित्रको फर्स्ट लूक्स पनि सार्वजनिक गरिएको छ l फस्ट लुकमा मुख्य कलाकारहरू नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ l कैलाश राईको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । चलचित्रमा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ ।