होलीको अवसर पारेर जानकी मन्दिरमा आयोजना गरिएको महामुर्ख सम्मेलनमा महामुर्ख उपाधि मह जोडी हरि वंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ ।विगत २२ वर्ष देखी चली आएको परम्परा अनुसार महामूर्ख उपाधि सँगै मह जोडिलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही सम्मेलनमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कलाकारद्वयलाई महामूर्खको उपाधि प्रदान गरेका थिए । अन्य वर्ष राजनीतिक क्षेत्रका ब्यक्तीत्वहरुलाइ प्रदान गरीने यो उपाधि तराई होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा आयोजना हुने गरेको छ l त्यसै गरी पट्मुर्खको उपाधि राजनेता नेतृ विन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियानी सुरेश शर्मालाई हराशंख लगायतका केही ब्यक्तीत्वहरुलाई प्रदान गरिएको थियो l सम्मेलनमा कवि ,नेता कलाकार र पत्रकारहरूको उपस्थिति रहेको थियो l