"हाउडे माया" गायिका सिर्जना खत्री यति बेला नेपाली पप आधुनिक संगीतमा रुचाइएको नाम बनेको छ। विशेष गरी स्टेजमा बिन्दास पारामा गीत गाएर प्रस्तुत हुने उनी आफ्नो फरक शैलीको गीत र प्रस्तुतीकरणकै कारण दर्शकको नजर र आयोजकको मागमा पर्छिन्। लोक पप गीतमा फरक शैली प्रयोग गरेर बनाइएका उनका गीतका फ्यानहरू पछिल्लो समय बढी रहेका छन्।

हाउडे माया बोलको गीतले चलेपछि हाउडे मायाकै रूपमा पहिचान बनाएकी सिर्जना पछिल्लो समय स्टेज तताउने गायिकाअन्तर्गत पर्छिन्। केबल ३ वर्षअघि मात्र गायनमा आएकी उनी छोटो समयमै नाम कमाउने गायिका बन्न पुगेकी छिन् ।

cine pati cine pati cine pati cine pati cine pati cine pati