जब सर्वाधिक रुचाइएका सेलिब्रेटीहरू बिच प्रेम सम्बन्ध चल्छ, उनीहरूको विवाह कहिले हुँदै छ' भन्ने कौतूहल सबैमा जाग्छ। जब विवाह हुन्छ त्यसपछि उनीहरू कहिले बच्चा जन्माउँदै छन् भन्ने विषयले चर्चा पाउँछ। कलिउड ,बलिउड होस् या हलिउड फिल्म उद्योगमा बढी नै हुने गर्दछ l हाल नायिका प्रियङ्का कार्की र आयुष्मान् देशराज जोशी कहिले आमाबाबु बन्दै छन् भन्ने विषयले पनि यसै गरी स्थान पाइरहेको छ। केही समय अघि मात्र विवाह बन्धनमा बाधीएकी प्रियङ्काले  सामाजिक सञ्जालमा एक होली मनाएको तस्बिर हालिन् l तस्बिरमा उनी पती आयुष्मान् सँग देखिएकी छिन् l सोही तस्बिर लाई आधार मानेर उनीहरूका अधिकांश फ्यानले प्रियङ्का गर्भवती भएको अनुमान लगाएका छन् l र उक्त तस्बिरको कमेन्टमा पनि गर्भवती भएको प्रतिक्रिया हरू शुभचिन्तकहरूले दीरहेका छन् l यो  कारण उनीहरूबिच के भइरहेको छ भनेर फ्यानहरूले आ–आफ्नो धारणा पोखिरहेका छन्। त्यसैले के प्रियङ्का गर्भवती छिन् ? भनेर पनि कमेन्टमा सोधिरहेका छन्। साथै अर्कातिर हेर्ने हो भने, पछिल्लो समय  प्रियङ्काको नयाँ कामहरू पनि बजारमा त्यति आएको छैन l यसो त सामाजिक सञ्जालमा प्रियङ्काको त्यति सक्रियता पनि केही महिना देखी देखाएकी छैनन् l