रँगिन क्षेत्रमा कलाकारहरूको सम्बन्ध टुट्नु वा जोड्नु भनेको कुनै नौलो कुरा भने हैन l तर दुनियाँले चिनिएको चर्चित अनुहारको केही भयो भनेर त्यस्को समाचार आउनु भनेको चाहिँ स्वाभाविक नै हो l यी रँगिन क्षेत्रमा काम गर्नेहरू सम्बन्धनी रँगिननै बनाउन खोज् छन् l त्यसैले त एउटा सँग छुट्ट्यो अनि अर्कोलाई समाइहाल्यो l इन्द्रेनीको रँग जस्तो हप्ता, महिना वा वर्ष सातवटा त बोकेर हिँड्नै पर्ने l   साँचो कुरा लेख्यो भने पनि यिनीहरूकै मुख कालो हुन्छ l प्रसँग रह्यो अभिनेत्री वर्षा सिवाकोटीको l सम्बन्धमा चिसोपना आएको केही समय बितेको छैन l उनी अर्को प्रेममा परी सकिन् l केही समय अघी वर्षाबाट टाढिएपछि उनका पूर्व प्रेमीले दुखेसो पोखे । सामाजिक सञ्जालमा उनले लामै चर्चा गरेर विगत पनि सम्झिए । यता वर्षा पनि केही समयको लागी स्तब्ध भएकी थिइन l सामाजिक सन्जालमा प्रेमका बारेमा केही स्ट्याटस पनि लेखिन उक्त समय l यी दुईको स्ट्याटस र प्रेमले सामाजिक सञ्जालका न्युज फिडहरू भरिने गर्थे l तर जसले जे सुकै भनोस् वर्षाको लेखाइ र प्रेममा भने दम् छ l  उता सम्बन्ध बिग्रिने बित्तिकै यता, उनी अर्का एक युवक सँग नजिकिएकी छिन् l होलीको एक तस्बिर सार्वजनिक गरेकी छिन् वर्षाले l त्यो पनि मन्द मुस्कान साथ राज कटुवाल सँग बसेको l यी दुई यती बेला एक अर्का सँग निकट भएका छन् l सोही तस्बिर लाई आधार मानेर हेर्ने हो भने पनि यी दुई एक अर्का सँग सम्बन्धमा छन् भन्दा फरक नपर्ला l राज कटुवाल चलचित्र विकास बोर्डका सदस्य पनि हुन् l उनी पनि वर्षा सँग नजिकिन पाउँदा मक्ख छन् l यी दुईको मुखमा प्रेमको हाँसो कति समयको लागी हो ? जतीनै समय भएपनी सम्बन्धमा चिसोपन भने चाहिँ नआवस् l