गायक सुगम पोख्रेल र सोना आमात्यको आवाजमा गीत "मेरो माया करोडमा" सार्वजनिक भएको छ l सागर लम्साल र गोविन्द सिंह विष्टको साथै गायिका स्वयम फिचर्ड रहेको उक्त गीतको शब्द र लय सिर्जना दीपक शर्माको रहेको छ l भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् l साहस शाक्यको संगीत संयोजन गीतमा रहेको छ l भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l उक्त भिडियोलाई सम्पादन गर्ने काम नवीन निरौलाले गरेका छन् l भिडियोलाई गायिका अमात्यकै अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको हो l