रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदूर’बाट नायिका वर्षा सिवाकोटी बाहिरी सकेकी छिन् । नायिका सिवाकोटीले यो चलचित्र साइन गरेको करिब डेढ वर्ष भयो । डेढ वर्ष अगाडि छायांकनमा जाने भनेर वर्षाले चलचित्र साइन गरेकी थिइन् । तर, चलचित्रको छायांकन ढिला भइरहेको थियो । कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेन । उनले छोडे पछि निर्देशक रमेश बुढाथोकीलाई अहिले अभिनेत्री खोज्न धौधौ परी रहेको छ  l अभिनेत्रीको खोजी गरी रहेका निर्देशक रमेशले अभिनेत्री कतै नभेटे पछि टिक टकको सहारा लिएका छन् l अहिले युवा पुस्तामा क्रेज रहेको टिकटक अझै त्यसमा अभिनय गर्ने होनहार कलाकार l निर्देशक रमेशले म्युजिक भिडियोमा जमेका टिकटकका होनहार कलाकारलाई ठुलो पर्दामा भित्र्याउने प्रयास गरेका छन् l वर्षाले छोडे पछि उनले यसै चलचित्रको लागी मोडेल गरिमा शर्मालाई अफर गरेका छन् l मंगलवार उनीहरूबिच भेटेरै चलचित्रको विषयमा कुराकानी भएको छ । सोही चलचित्रको लागी बसेका रमेश बुढाथोकी ,प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र गरिमा शर्माको तस्बिर निर्देशक बुढाथोकीले पोस्ट गरेका थिए l गरिमाले चलचित्र गर्ने वा नगर्ने विषयमा निर्णय गरेकी छैनन् । तर, चलचित्रलाई लिएर उनी सकारात्मक रहेको बुझिएको छ । गरीमा मात्र हैन यस अघि उनले रेश्मा घिमिरे र उषा उप्रेतीलाई पनि उक्त प्रस्ताव अफर गरेका थिए l प्रस्तावलाई नकारेपछि बुढाथोकीलाई अन्तिममा गरिमालाई अफर गरेका हुन् l चलचित्रको निर्माणपक्षले मुख्य नायक रूपमा पुष्प खड्कालाई प्रस्ताव गरेका छन् । उनीसँग निर्माण टिमको मौखिक सहमति भइसके पनि कागजी सम्झौता भएको छैन ।