नेपाली चलचित्रको निर्माण घटेको छैन । कतिपयले बुझेर होस् या कतिपयले नबुझेरै होस्, यो क्षेत्रमा करोडौँ लगानी गरिरहेका छन् । वर्षमा निर्माण हुने सय बढी चलचित्रमा सबै चलचित्र प्रदर्शनमा आउँदैनन् भने कतिपय चलचित्र त हलमा लागेको दर्शकले पत्तो पाउँदैनन् । एक वर्षमा मुस्किलले आधी दर्जन चलचित्रले आफ्नो लगानी बचाउँछन् । ती मध्ये पनि एकाध चलचित्रका निर्माताको अनुहारमा पैसा कमाएको खुसी देखिन्छ, अरू त उही फिक्का हाँसो नै हाँस्ने हुन् ।नेपाली चलचित्रको बजार सानो छ । चलचित्रको व्यापार सीमित घेरामा खुम्चिएको छ । चलचित्रको कथावस्तुको स्तर उकासिएको छैन । महंगा क्यामेरा र महंगा लोकेशनमा खिचेर चलचित्र स्तरीय बन्छ भन्ने भ्रम बोकेका छन् l अझै त्यो भन्दा ठुलो भ्रम त चक्लेटी अनुहारमा लगानी गरेर l एक करोड मुस्किलले कमाई गर्ने नेपाली चलचित्रमा एक कलाकारको पारिश्रमिक ७० देखी ८० लाखको हाराहारीमा छ । यसले गर्दा चलचित्र निर्माणको लगानी निकै बढिरहेको छ । कथावस्तुमा ध्यान दिने सोच अझै पनि निर्मातामा आएको छैन । अझै तिनै निर्माताहरू २५ को चिया खाएर गफ दीरहेका हुन्छन् l चलचित्र राम्रो हुन त्यस्को कथा बस्तु राम्रो हुनु पर्छ l अनुहारले चलचित्र चल्दैन l बाहिरी रूपमा एउटा देखाउँछन् र भित्री रूपमा बजारमा चलेका चक्लेटी अनुहारलाई चलचित्रमा खेलाउन अभिनेताको घर बाहिर ढुकेर बसिरहन्छन् l
नघुमाई कुरा गर्ने हो भने पारिश्रमिक र क्रेजमा अभिनेता अनमोल केसी सिने क्षेत्रको अग्र स्थानमा छन् l अनमोललाई लिनका लागि निर्माताहरूको तँछाडमछाड पनि उस्तै छ । अनमोल केसी वर्षमा एउटा मात्र चलचित्र गर्छन् । अभिनय निर्मातालाई मत्लव छैन l तर अनुहार चाहिँ बिक्ने नै चाहियो l ठाडो शब्दमा भन्ने नै हो भने पनि अनमोलले गर्दा नै अन्य अभिनेताहरूले पनि निर्धक्क साथ आफ्नो पारिश्रमिक बढाएका छन् भन्दा हुन्छ l अभिनय त हैन तर अनमोलको अनुहारको भाउ सुन्दा चाहिँ चलचित्रकर्मीनै आत्तिने भइसकेका छन् l अनमोलको अनुहारलाई निर्देशक मुकुन्द भट्टले ७५ लाख तोकेका छन् l आगामी चलचित्रको लागी दिन पनि तत्पर भइसकेका छन् l अनमोलले आफैँले पनि ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन् ।एक अन्तर्वार्ता बिच उनले यो प्रोजेक्टमा काम गर्ने सम्भावना प्रबल रहेको पनि बताएका थिए । भट्ट मल्टि स्टारहरूलाई एउटै स्क्रिनमा बाँध्ने सोच् गरी रहेका छन् l जस्मा अनमोल सँगै अभिनेता सौगात मल्ल ,पुष्प खड्का र निश्चल बस्नेत रहने बुझिएको छ l भट्टले अनमोललाई ७५ लाख दिँदै छन् भने पुष्प , निश्चल र सौगातलाई त कसो ५०-६० लाख नदेलान् र ? चलचित्र बन्छ या बन्दैन त्यो त थाहा छैन ? तर मल्टी स्टारलाई लिएर चलचित्र हिट खान्छ भनेर सोच्नु चाही चलचित्र क्षेत्रको लागी सरासर भ्रम हो l