गायक रवि ओड र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश नयाँ गीत सार्वजनिक भएको छ ।"पाउडर किरीममा" बोल रहेको गीतको रचना र लय सिर्जना कृष्ण केसीको रहेको छ l गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् l भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंणा आचार्य, संझना खत्रीको अभिनय छ ।