चलचित्र "ए साथी सुन" को इन्ड क्ल्याप भएको छ l  हेटौडा बाट सुरु भएको चलचित्रको छायांकन १६ देखी १७ दीनको बिचमा सक्किएको हो lवर्षाले सामाजिक सञ्जालमा तस्बिर राख्दै चलचित्रको छायांकन सक्किएको जानकारी गराएकी हुन् l गीतको छायाङ्कन बाँकी राखेर चलचित्रको अन्य सुट भने समापन गरिएको हो l ‘कालिपुरुष’ नाम राखेर प्रि प्रोडक्शन काम सुरु भए पनि छायांकन अगाडि चलचित्रको नाम परिवर्तन भएको थियो ।राघव आचार्यको निर्देशनमा तयार हुने यो चलचित्रमा वर्षाले नव–कलाकार रमेश बाँनियासँग रोमान्स गरेकी छिन् । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण रहेको चलचित्रमा विना कार्कीको लगानी रहेको छ l वर्षाले अभिनय गरेका चलचित्रहरू ‘लक्का जवान, मनसँग मन र परदेशी २’ रिलिजको लागि तयार भएका छन् ।