सर्वाधिक प्रतिष्ठित अवार्ड 'दादा साहेब फाल्के अवार्ड २०२०’ यो वर्ष अभिनेता रजनीकान्तलाई दिइने भएको छ l भारतको केन्द्रीय सरकारले चलचित्र क्षेत्रमा योगदान दिएका एक कलाकारलाई सो अवार्ड प्रदान गदै आएको छ l साथै यस खबरलाई केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गरेर जानकारी गराएको भारतीय संचारले लेखेको छ l यसअघि सन् २०१८ मा अमिताभ बच्चन, सन् २०१७ मा विनोद खन्ना, सन् २०१६ मा कसिनाथुनी विश्वनाथ, सन् २०१५ मा मनोज कुमारलाई यो अवार्ड मिलेको थियो l