नायिका पूजा शर्माले पुतलीसडक स्थित" शुभस्त्रम फेशन भल्ट" को उद्घाटन गरेको छिन् l डिजाइनर प्रतिक्षा पौडेल र सुजन सुवेदीको संयुक्त लगानीमा सञ्चालन ल्याइएको फेशन भल्ट्लाइ पूजाले बुधवार रिबन काटेर उद्घाटन गरेकी हुन् l आफूले समय र परिस्थिति अनुसार पहिरन लगाउने पूजा भनाई थियो । उनले भनिन्,–‘मलाई पहिरन महँगो हुँदैमा उत्कृष्ट हुन्छ भन्ने लाग्दैन । मुख्य कुरा, पहिरन लगाउँदा सुहाउन पर्छ । म आफूलाई सुहाउने पहिरन लगाउँछु । कहिलेकाहीँ महँगो पैसा हाले पनि ड्रेस डिजाइनरहरूका कारण पहिरन कमसल पर्ने गरेको गुनासो पनि पूजाको रहेको थियो । सम्पूर्ण ग्राहकको क्षमता अनुसारका ड्रेस उपलब्ध गराइनुका साथै नेपाली सिनेमा र म्युजिक भिडियोको लागी आवश्यक ड्रेसहरू भाडामा समेत उपलब्ध गराइने हिसाबमा सो फेशन भल्टलाई सञ्चालनमा ल्याएको सञ्चालिका प्रतीक्षा पौडेलले बताएकी थिइन ।