राज बहादुर सानेको निर्देशन रहेको चलचित्र "गुड् फ्रेण्ड" चैत्र २७ गते बाट प्रदर्शनमा आउने भएको छ l ट्रेलर सार्वजनिक गदै चलचित्रको प्रदर्शन मिति लक गरिएको हो l बिजी बर्मा फिल्म्सको ब्यानरमा निर्माण रहेको चलचित्रमा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा निर्माताको रूपमा रहेको छन् l चलचित्रको सह निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । मुकेश ढकाल, सबिना कार्की ,राज सिंह, दीपक विक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, वसन्त बर्मा लगायत कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ l एक्सन सँगै प्रेम कथा मिश्रण गरेर सार्वजनिक गरिएको ट्रेलरलाई साईँराम पिक्चर्स युट्युब च्यानल बाट हेर्न सकिने छ l