म्युजिक भिडियो "फुटेको चुरा" १० मिलिएन पुगेको खुसीमा निर्माण टिमले सेलिब्रेसन गरेका छन् l बिहीबार काठ्मान्डौको मोक्षे लौन्जमा कार्यक्रम आयोजना गर्दै एक अर्का बिच खुसीयाली साट्दै केक काटेका हुन् l सोही कार्यक्रममा उक्त भिडियोका टिमलाई सम्मान पनि गरिएको थियो l
गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्युजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ l शब्द संगीत साथै भिडियोको निर्देशन पनि सपुतकै रहेको छ l