कोरीयोग्राफी कविराज गहतराज चलचित्र "मिरर" को तयारीमा लागी सकेका छन् l औपचारिक घोषणा गरे सँगै चलचित्र प्रि–प्रोडक्शनको काम यती बेला धमाधम चलिरहेको छ । चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् l तर केही समय अघि सो कुरा बाहिरिएता पनि गहतराज यस बारे भने बोल्न चाहेका थिएनन् l निर्देशक नबोलेता पनि यस चलचित्रका नायक आर्यन आँफैले सो खबरलाइसत्य साबित गराएका छन् l सामाजिक सञ्जालमा आर्यनले चलचित्रको टिमसँगको तस्बिर राख्दै, ‘नयाँ प्रोजेक्ट मिरर’ भनेर लेखेका छन् । तस्बिरमा उनी उपासन र गहतराज सँगै अन्य कलाकार पनि देखिएका छन् l जस्मा सलोन बस्नेत, रेयर राई , प्रशान्त ताम्राकार लगायत अन्य टिमहरू l वैशाखको दोश्रो साताबाट छायांकनमा जाने चलचित्रको तयारी रहेको छ l आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीले यसअघि चलचित्र ‘डिसेम्बर फल्स’मा एकसाथ काम गरेका थिए ।