बलिउड अभिनेत्री तथा राजनीतिज्ञ किरण खेरलाई ब्लड क्यान्सर भएको छ । उनका पती अनुपाम खेरले उक्त खबर आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l खेर लेख्छन्  "किरणलाई मायलोमा, एक प्रकारको ब्लड क्यान्सर भएको छ " l हाल उनको मुम्बइमा उपचार भइरहेको र उनी निको हुँदै गएको खेरले जनाएका छन् l गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाँच्चिएको थियो । चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको  र कोकिला बेन अस्पतालमा उपचार गराइरहेकी भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छन् l