चलचित्र ‘प्रेमगन्ज’ले केही समय अघि देखिनै मुख्य कलाकारको खोजी गरिरहेको थियो l अब भने निर्माण टिमले चलचित्रको मुख्य भूमिकामा नायक र नायिका दुवै भेटाइसकेको छ l जसमा अभिनेत्री बेनिशा हमाल र तेज गिरी अनुबन्धित भइसकेका छन् l मुक्तिनाथ विकास बैंकका जागिर तेजले ‘प्रेमगन्ज’बाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् ।यो चलचित्रका लागि यसअघि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका थिए । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने चलचित्रलाई सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने चलचित्रका निर्माता हुन् l त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारीत रहने चलचित्रमा शिशिर राणा, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली लगायतको पनि अभिनय रहने छ l